बुधबार, ११ कात्तिक २०८३

सुन ताेलामा नाै सयले बढ्याे


काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनमा प्रतितोला ९०० रुपैयाँले  बढेको छ भने चाँदीको मूल्य रु १० ले  बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९८० कायम भएको छ । 

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९७० कायम भएको थियो ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ