सोमबार, ०९ भदौ २०८२

सुटकेसभित्र शव भेटिएकी महिला माइतीमा बस्दै आएकी थिइन्


चन्द्रपुर (रौतहट) । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र शव भेटिएकी महिला माइतीमा बस्दै आएकी थाहा भएकाे छ ।

 जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु कार्कीका अनुसार उक्त शब अन्दाजी ३० वर्षीया रुविकुमारी साहको  भएकाे पत्ता लागेकाे छ । उनकाे घर भारतको मुजफ्पुरमा रहेको कार्कीले जानकारी दिए । हाल माइत माधोपुरमा आमासँगै बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

शनिबार राति १०ः३० बजेतिर डोरीले बाँधिएको सुटकेसभित्र महिलाको शव भेटिएको थियो । प्रहरीले शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ