शनिबार, २० मंसिर २०८२

अख्तियार प्रमुखलाई मार्ने धम्की दिनेले भने-आफ्नो ज्यानको सुरक्षा गर


काठमाडौं । ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामबाट नेपालका १० जना उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिने समुहले प्रहरीलाई आफ्नो सुरक्षा गर्न चुनौति दिएको छ ।

इमेलमा पत्रमार्फत उच्चपदस्थ अधिकारीलाई मार्ने धम्कि दिएको समुहका अध्यक्ष दावी गर्ने प्रकाश पाठकले भिडियो सार्वजनिक गर्दै भनेका छन् ‘‘म भन्न चाहन्छु, मलाई समात्नुको सट्टा, तँ आफ्नो ज्यानको सुरक्षा गर ।’

सूची सार्वजनिक भए लगत्तै प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।

धम्की दिँदै पठाइएको पत्रमा प्रकाश पाठकको नाम उल्लेख छ । काभ्रे घर हुने उनले आफू भारतमा रहेको दाबी गर्दै आएका छन् ।

पाठकले भदौ २४ गते जेलबाट भागेका कैदीबन्दीलाई प्रयोग गरेर आक्रमण गर्ने उल्लेख गरेका छन् । 

को को छन् सूचीमा ?

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा, तत्कालीन गृहमन्त्री रमेश लेखक, बालकृष्ण खाण लगायतलाई इमेलमार्फत ज्यान मार्ने धम्की आएको छ ।


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ