मङ्गलबार, ३० भदौ २०८३

इन्द्रसरोवरमा इभी गाडी दुर्घटना हुँदा चार जनाकाे मृत्यु


काठमाडाैं। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, महालक्ष्मी खोला नजिकै इभी गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी मंगलबार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार गाडी ८ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका ४ जनामध्ये ३ जनालाई उपचारका लागि काठमाडौँ र एक जनालाई हेटौँडा लगिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार घटनास्थलमा प्रहरी र ट्राफिक टोली परिचालन गरिएको छ ।

मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ