- असार ०७, २०८०
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा ८ लाख भन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ५ गतेसम्म तोकिएको समयसीमामा ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् ।
यसमा निर्वाचन कार्यालय पुगेर बायोमेट्रिक दिने मतदाताको संख्या ३ लाख ४४ हजार ९ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत दर्ता हुनेको संख्या ४ लाख ९२ हजार १८० रहेको छ ।
मतदाता थपिएसँगै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा मतदाताको संख्या १ करोड ९० लाख ५ हजार ३ सय १४ पुगेको छ । आयोगका अनुसार पछिल्लोपटक मतदाता नामावली दर्ता खुलाउनुअघि कात्तिक १६ सम्म १ करोड ८१ लाख ६८ हजार २ सय ३० मतदाता थिए ।
टिप्पणीहरू: