- असार ०६, २०८०
काठमाडाैं । नेपाली कांग्रेस आगामी फागुन २१ गते तय भएको चुनावमा सहभागी हुने भएकाे छ। महामन्त्री गगनकुमार थापाले चुनावको विरोध गरिरहेकाहरूसँग छलफल गरेर चुनावमा ल्याउन पहल गर्ने समेत बताए।
‘फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेस सहभागी हुन्छ,’ केन्द्रीय कार्य समिति बैठकपछि उनले भने, ‘त्योसँगै नेपाली कांग्रेस पार्टीले अहिले निर्वाचनमा भाग लिन्नौँ भनेका दलहरुलाई निर्वाचनमा ल्याउनका लागि हरसम्भव प्रयास गर्दछ। उनीहरुसँग संवाद गर्दछ, उनीहरुलाई निर्वाचनमा ल्याउनुपर्छ भन्ने पहल हुन्छ।’
टिप्पणीहरू: