मङ्गलबार, ११ कात्तिक २०८२

विप्लवलाई मन परेकाे पार्टीकाे नाम-कम्युनिस्ट पार्टी नेपाल


काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीको नाम कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेका छन् । 

दल दर्ताका लागि निर्वाचन आयाेग पुगेका विप्लवले उक्त नाम पार्टीबाट अनुमाेदन गराएपछि निर्वाचन आयाेगमा पठाएका थिए ।

अहिले सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरुले निर्वाचन आयोगमै छन् ।

आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घाेषणा भएकाे र त्यसका लागि दल दर्ताको प्रमाणपत्र कार्तिक ३० गतेसम्म लिनु पर्ने भएकाले  विप्लवले दल दर्ताको निवेदन दिएका हुन् ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आगामी चुनावमा भाग लिने गरी दल दर्ताको निवेदन दिइएको बताए ।

निर्वाचन आयोगमा यसअघि नै १२४ वटा दल दर्ता छन् । विप्लव सहित १७ वटा दलले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ