- असार ०६, २०८०
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको जीवन रक्षा गर्न भारत लैजाने तयारी रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्नुहुँदै उनले हिजो राति नै भारतसँग समन्वय गरेर नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी गरेको बताए।
मन्त्री गुरुङले स्थानीय र प्रदेश सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नभएको उल्लेख गर्दै नेपालीको सवारीमा काठमाडौँ नगरपालिकाको प्रहरीले ‘ह्विल लक’ लगाएको बताए ।
मन्त्री गुरुङले प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । छानबिनका लागि महानगरीय प्रहरी बलका पाँच जनालाई नियन्त्रणमा लिइएको उनको भनाइ छ ।
टिप्पणीहरू: