- असार ०६, २०८०
काठमाडाैं । बुधबार सेयर बजार ३३.२९ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६६४ अंकमा कायम भएको छ ।
आज २४१ कम्पनीको मूल्य बढ्यो भने ३५ को घट्यो । त्यस्तै ३ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब ८० करोडको कारोबार भएकोमा आज ७ अर्ब ४५ करोडको भयो ।
आज जलविद्युत् क्षेत्रमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै २.०६ प्रतिशत बढ्यो । व्यापार बाहेक सबै समूहगत सूचक बढेका छन् ।
व्यापार समूह ०.४४ प्रतिशत घट्यो । बैंकिङ १.३६, विकास बैंक १.११, फाइनान्स १.५५, होटल तथा पर्यटन १.३४, लगानी १.५२, जीवन बीमा १.५९, उत्पादन तथा प्रशोधन ०.६६, माइक्रोफाइनान्स ०.८७, निर्जीवन बीमा ०.४४, अन्य ०.८५ प्रतिशत बढे ।
टिप्पणीहरू: