बुधबार, ०४ भदौ २०८२

राक्षसबाट बचाउन अर्ध नग्न भएर नाँच्ने चलन


बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा मनाइने नाङ्खा (गाउँ) पूजामा सहभागी स्थानीय युवाहरु ।

एक हजार वर्ष पुरानो मानिने यो पूजा अहिले पनि प्रचलनमा छ । निसेलढोर गाउँमा अनिष्ट नहोस् भनि हरेक दुई/दुई वर्षमा भदौको पहिलो साता यो पूजा गरिन्छ । पूजामा सहभागी हुने युवाहरुलाई कापै भनिन्छ ।

याे नाँचमा युवाहरुले अर्ध नग्न बनेर अनुहार र शरीरमा मोसो दली राक्षसको स्वरुप धारण गर्ने गर्छन् । झाँक्री र राक्षसको स्वरुप धारण गरेका गाउँमा अनिष्ट गर्ने भुतप्रेत र राक्षेसी आत्मालाई उत्तरगङ्गा नदीमा खसाल्ने बुढापाका बताउँछन् ।

तस्बिर : रासस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ