मङ्गलबार, ३० भदौ २०८३

१० जनालाई ठगेपछि पक्राउ परेका थिए किस्पाङ गाउँपालिका अध्यक्ष


काठमाडौं । हिजो पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध १० वटा मुद्दामा अनुसन्धान भइरहेको खुलेको छ ।

उनले क्रमश १० जनालाई ठगेपछि प्रहरीले पक्राउ गरेकाे थियाे ।

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाहले साेमबार सिंहदरबारमा राखेको बैठकमा तामाङ पनि सहभागी भएका थिए । बैठकलगत्तै उनलाई सिंहदरबारबाटै पक्राउ गरिएको थियो ।

अरुण अर्यालले जाहेरी दिएपछि तामाङविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तामाङको सीआरएस अभिलेख जाँच गर्दा बैंकिङ कसुर र ठगीका १० मुद्दा भेटिएको छ । उनीमाथि सबै मुद्दामा अनुसन्धान अगाडि बढ्ने एसपी दानबहादुर थापाले जानकारी दिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ