मङ्गलबार, ३० भदौ २०८३

आँधीखोलामा नुहाउने क्रममा खाेलाले बगाउँदा एक जनाकाे मृत्यु


वालिङ (स्याङ्जा) । ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा आज बिहान एक महिलाको निधन भएको छ ।

वालिङ नगरपालिका–९ भूम्रेकि ५३ वर्षीया माया पाण्डे मृतावस्थामा भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

उनका अनुसार भूम्रेस्थित आँधीखोलामा नुहाउने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो । वडा प्रहरी कार्यालय वालिङ, जनप्रतिनिधि, स्थानीयवासीले खोजी गर्ने क्रममा झण्डै चार किलोमिटर तल वालिङ –१३ शान्तिघाटस्थित आँधीखोलामा ढुङ्गामा अड्किएको अवस्थामा शव फेला परेको जनाइएको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ