बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



बाजा गाजासहित लामिछाने पार्टी कार्यालय भित्रिएपछि केन्द्रीय समिति बैठक सुरु
शुक्रबार, २२ जेठ २०८३

बाजा गाजासहित लामिछाने पार्टी कार्यालय भित्रिएपछि केन्द्रीय समिति बैठक सुरु


काठमाडौं । शुभेच्छुकले बाजा गाजासहित सभापति रवि लामिछानेलाई पार्टी कार्यालय भित्र्याएपछि  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

लामिछाने जेलबाट रिहा भएर फर्किएलगत्तै आज पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो ।

बैठकअघि उनलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत गरिएको थियो । स्वागतपछि उनले कार्यालयमा उपस्थित शुभेच्छुकहरूलाई सम्बोधन गरेका थिए ।

त्यसपछि पार्टीका कार्यबाहक सभापति डिपी अर्यालले कार्यकक्षमा स्वागत गरे । अहिले केन्द्रीय समिति बैठक जारी छ ।

रिहा भएको भोलिपल्ट शनिबार चितवनको भरतपुरस्थिति चौबीसकोठीमा रास्वपाद्वारा आयोजित कार्यक्रममा उनले सम्बाेधन गरेका थिए । शनिबार काठमाडौंमा जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई भेटेका थिए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ