- भदौ ०२, २०८१
नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागंज’ : पूजा सर’ले जितेको छ ।
उक्त महाेत्सवमा विभिन्न मुलुकमा निर्मित चलचित्र प्रदर्शन गरिएकाे थियाे । कार्यक्रममा सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र पुरस्कार समुन्द्र भट्ट निर्देशित ‘गुन्यू चोलो : द ड्रेस’ले पाएको छ । यो फिल्म ट्रफी र एक हजार अमेरिकी डलरले सम्मानित भयो । भट्टले यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड जितिन् । यही चलचित्रबाट नाजिर हुसेनले सर्वोत्कृष्ट नायकको अवार्ड जिते । चलचित्र ‘कोशेढुङ्गा’बाट सुरक्षा पन्तले सर्वोत्कृष्ट नायिकाको अवार्ड जितिन् । हेराैं केही तस्विर :



टिप्पणीहरू: