आइतबार, २३ कात्तिक २०८२

जेनजी आन्दोलनमा हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी बम्जन पक्राउ


सांकेतिक तस्बिर

काठमाडौँ। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनका आरोपी ज्ञानबहादुर बम्जन पक्राउ परेका छन्।

जेनजी आन्दोलनको क्रममा हिरासतबाट भागेका बम्जनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोह्रखुट्टेबाट पक्राउ गरेकाे हाे।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका उनी भदौ २४ गतेकाे जेनजी आन्दोलनको मौका छोपेर भागेका थिए।

सिन्धुलीको दुधौली नगरपालिका–७ घर भएका बम्जन जीबी राईका जेठान हुन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ