सोमबार, १७ कात्तिक २०८२

राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश


काठमाडौं । सर्वोच्च अदालतले विभिन्न ११ मुलुकमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदूत फिर्ता निर्णय कार्यान्वयन नगर्न आदेश दिएकाे हाे ।

सरकारले दुई साताअघि ती राजदूतहरूलाई फिर्ता बोलाएको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीले गत शुक्रबार सम्पादकहरूसँगको छलफलमा केही राजदूतहरूले सरकार विरुद्धको अभिव्यक्ति दिएको र केहीको हकमा आर्थिक अनुशासनको प्रश्न जोडिएकाले उनीहरूलाई फिर्ता गर्नुपरेको बताएकी थिइन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ