- असार ०६, २०८०
काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेश गर्न अध्यागमन विभागका नाममा आदेश दिएको छ ।
महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतामाथि परेको रिट निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतले कँडेलको नेपाल र बेलायत बसाइको सम्पूर्ण विवरण पेश गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतले सन् २०१५ देखि २०२४ सम्मको सम्पूर्ण विवरण झिकाउनू भनी आदेश गरेको हो ।
त्यसका साथै सर्वोच्च अदालतले कँडेललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गर्ने भनी २२ चैत, २०८२ मा प्रधानमन्त्रीबाट भएको निर्णय पनि झिकाएको छ ।
टिप्पणीहरू: