मङ्गलबार, १६ असार २०८३

हिंसा र लुटपाटलाई वैधानिकता दिने काम भयाे : ओली


काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई बैधानिकता दिने काम भएको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश बर्बाद भएको धारणा राखे ।

ओलीले आफूले प्रधानमन्त्री हुँदा मुलुकलाई अघि बढाउने प्रयत्न गरेको भएपनि वर्तमान सरकारले देशलाई बर्बादीको बाटोमा अघि बढाएको आरोप लगाए।  आम जनताले न्याय पाउने गरी आफूहरूले देशलाई फेरि अघि बढाउने उनकाे भनाई थियाे ।

 ‘हामीले देशलाई अगाडि बढाउन खोज्यौँ। भुईंचालोले ध्वस्त बनायो, हामीले त्यसलाई उठायौँ। कोभिडले ध्वस्त पार्न खोज्यो, त्यसलाई हामीले उठायौँ। अर्थतन्त्र ध्वस्त अवस्थाबाट हामीले माथि उठायौँ।' उनले भने । शिक्षा , स्वास्थ्य, खेल लगायतका क्षेत्रलाई अघि बढाउन निकै प्रयाश गरेकाे उनकाे भनाई थियाे ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ