शुक्रबार, १६ माघ २०८२

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भन्याे- अब पार्टीसँग विशेष महाधिवेशनबाहेक अन्य विकल्प छैन


काठमाडौँ। नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले अब पार्टीसँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी नरहेको बताएको छ।

शुक्रबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै महाधिवेशन प्रतिनिधिहरूले पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएका हुन्।

‘अब स्पष्ट छ, नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन। विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो। यो कसैको छनोटको विषय होइन, रहेन’, उनीहरूले भनेका छन्।  

उनीहरूले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्नो विधानको बाध्यकारी व्यवस्था नमान्ने हो भने संविधान, विधिको शासनको वकालत गर्दै नागरिकमा जाने नैतिक धरातल कसरी रहन्छ? भन्दै प्रश्नसमेत गरेका छन्।

पार्टी विधानभन्दा माथि कोही पनि हुन नसक्ने भन्दै विशेष महाधिवेशन पक्षधरले विधानको बाध्यकारी व्यवस्थाको पालना गर्नु पार्टी नेतृत्वको न्यूनतम जिम्मेवारी भएकाे उल्लेख गरेका छन्।

‘विधानले तोकेको समयसीमा ‘तीन महिना’ अर्थात् २०८२ पौष २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नैपर्ने हुँदा विधानको सीमाभित्र रही हामी विशेष महाधिवेशन मागकर्ताहरूको निवेदनअनुसार आगामी पौष २७-२८ मा विधानको धारा १७(२) बमोजिम केन्द्रले विशेष महाधिवेशन गर्न पुनः जोडदार माग गर्दछौं’, उनीहरूले भनेका छन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ