आइतबार, ०८ चैत २०८२

कतारले दियाे १३ जना नेपालीलाई आममाफी


काठमाडौं । कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो ।

आममाफी दिएको कतार सरकारलाई परराष्ट्र मन्त्रालयले धन्यवाद दिएको छ । परराष्ट्रले एक विज्ञप्ति जारी गर्दै आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको खुशीयालीको अवसरमा १३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको जनाएको हो ।

उदारतापूर्वक प्रदान गरिएको अमिरी आममाफीको लागि सरकारले कतार सरकारप्रति आभार प्रकट गरेको छ । यसले नेपाल र कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा रहेको बताउँदै मानवीय आधारमा दिइएको दयालु क्षमादानको उच्च कदर गरिएको जनाएको छ ।

कतारमा हाल करिब ५ लाख नेपाली कार्यरत छन् । गत वर्ष मात्रै १ लाख ४० हजार ७ सय ९२ जना नेपालीहरू वैदेशिक रोजगारीका कतार गएका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ