- असार ०६, २०८०
काठमाडौं । नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा विशेष अदालतले आठ वर्ष कैद सजाय तोकेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दिपक आनन्दसँग घुस मागेको आरोपमा आठ वर्ष कैद सजाय तोकेको हो ।
विशेष अदालतले घुस दिएको आरोपमा व्यवसायी दिपक आनन्दलाई पनि आठ वर्षकै कैद सजाय तोकेको छ । अनि नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई थप छ महिना कैद तोकेको हो ।
टिप्पणीहरू: