- भदौ ०१, २०८१
काठमाडौं । आगामी बैशाख ११ गतेबाट हलमा लाग्ने फिल्म ‘परालको आगो’को अर्को गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले उक्त गीत ओएसआरको युटुब च्यानलमार्फत रिलिज गरेको हो।
सत्यराज आचार्य र मेलिना राईले गाएको यस गीतमा संगीत सत्य र स्वरुप आचार्यले दिएका छन्। सुरेन्द्र रानाको शब्द रचना रहेको यस गीतलाई म्युजिक प्रोडक्सनको काम रिकेश गुरुङको छ।
फिल्मको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा,प्रकाश सपुतको जोडी देखिएका छन् भने अर्का जोडी सौगात मल्ल र सिर्जना अधिकारी देखिएका छन्। उनीहरुको केमेष्ट्री मिलेको देखिन्छ। ग्रामिण परिवेशको यस गीतको भिडियोलाई कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
यसअघि यो फिल्मको ‘उडि जाउँ भने,म पंक्षी होइन’बोलको गीतले दर्शकमाझ लोकप्रियता कमाई रहेको छ। अब अर्को गीतले पनि दर्शकमाझ लोकप्रियता कमाउने देखिन्छ। लोकलयमा आधारित यस गीतलाई दर्शकले युटुबमा अपलोड भएसँगै चर्चा सुरु हुन थालेको छ।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्। लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा संकल्प भुजेलको छायांकन रहेको छ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको यस भने फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्। फिल्मका गीतमा कोरियोग्राफी रामजी लामिछानेको छ। फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् भने रंग संयोजन कनाल कँवरको छ। फिल्ममा भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानको छ।
यस फिल्मको पाश्र्व संगीतमा किरण तुलाधर,संगीतमा शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन्। फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ।
यसै फिल्ममा कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मा करण बहादुर साउदको छ। त्यसैगरि फिल्मको मिक्सिङ मुकेश शाह,निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्। सुलभी पोखरेल र सत्यम पोखरेल रहेको यस फिल्मलाई नेपालभरको फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ।
टिप्पणीहरू: