मङ्गलबार, २३ मंसिर २०८२

प्रधानमन्त्रीलाई सुधन गुरुङकाे प्रश्न : सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा कति प्रगति भयाे ?


काठमाडाै‌ं । प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उनको भनाइ थियो।
यस्तै उनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो गरेका छन् । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ