- असार ०६, २०८०
काठमाडौं, २ भदौ । सोमवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ९.१६ अंकले बढेर २,७७० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १७५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब १७ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा युनियन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ६.१० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, सम्पदा लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ३.८१ प्रतिशतका दरले गुमाएका हुन् ।
टिप्पणीहरू: