- असार ०६, २०८०
काठमाडाैं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से २.०७ अंकले घटेर २९६२.१३ बिन्दूमा अडिएको छ। आइतबार नेप्से साढे १८ अंकले घटेको थियो।
आज कुल ४ करोड ४१ लाख २४ हजार ९ सय २४ कित्ता सेयर १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँमा किनबेच भएको छ।
कारोबारमा भएका कम्पनीमध्ये ९४ वटाको सेयर मूल्य बढेको छ भने १५६ वटाको घटेको छ।
आज सेन्सेटिभ इण्डेक्स ०.७८ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले घटेको छ।
आज कारोबार रकम पनि घटेको छ। हिजो साढे २६ अर्बको सेयर खरिदबिक्री भएकोमा आज ३२१ कम्पनीको १ लाख ७० हजार ७२६ पटकको कारोबारमा १९ अर्ब ३६ करोड ८ लाखको कारोबार भएको हो ।
आज समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सान्भी इनर्जीको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ भने ट्रेड टावरको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।
विन्ध्यबासिनी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ८.४९ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ।
१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।
टिप्पणीहरू: