शुक्रबार, २७ भदौ २०८२

सभामुख र राष्ट्रियसभा अध्यक्षको वक्तव्य - संविधानबादबाट बाहिर जान हुँदैन


काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन अपिल गरेका छन्।

संयुक्त वक्तव्य जारी गर्दै अहिलेको संकटको निकास विधिको शासन र संविधानवादबाट बाहिर गएर खोज्न नहुने उनीहरुकाे भनाई छ ।

‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ। यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौँ।’ विज्ञप्तिमा उल्लेख छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ