बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



स्पार्कल इन्टरटेन्मेन्टद्वारा मिस्टर एण्ड मिस आइडल सिजन-३ घोषणा
शनिबार, २३ जेठ २०८३

स्पार्कल इन्टरटेन्मेन्टद्वारा मिस्टर एण्ड मिस आइडल सिजन-३ घोषणा


काठमाडौं । स्पार्कल इन्टरटेन्मेन्टले आगामी मिस्टर एण्ड मिस सिनियर एण्ड जुनियर आइडल सिजन-३ को घोषणा गरेको छ । काठमाडौंको सिटी सेन्टरमा आज शनिबार पत्रकार सम्मेलन गर्दै यही बेसाख ५ गतेबाट सुरु हुने जनाएको हो । 

बालबालिका र किशोर–किशोरीहरूमा लुकेका प्रतिभा उजागर गर्ने, उनीहरूको आत्मविश्वास र व्यक्तित्व विकासमा टेवा पुर्‍याउने र आफ्नो कला प्रस्तुत गर्न उचित प्लेटफर्म उपलब्ध गराउने उद्देश्य राखेको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ । 

सिजन-३ मा सहभागी बालबालिकाको उमेर समूह निर्धारित गरिएको छ । जुनियर ए तर्फ ६–८ वर्ष, जुनियर बी तर्फ ९–१२ वर्ष र सिनियर तर्फ १३–१५ वर्षका बालबालिकाले भाग लिन पाउनेछन् । इच्छुक अभिभावकहरूले आफ्नो सन्तानको नाम बैसाख ५ गतेसम्म दर्ता गराउन सक्ने स्पार्कल इन्टरटेन्मेन्टले जनाएको छ । नाम दर्तापछि एक महिनाको प्रशिक्षणपछि जेठ २ गते राष्ट्रिय नाचघरमा ग्राण्ड फिनाले आयोजना गरिनेछ । 

पछिल्ला दुई सिजनका विजेताहरूले प्रतियोगिताको स्तरलाई अझ उत्साहजनक बनाएका थिए। पहिलो सिजनमा जुनियर ए तर्फ रियान्शु दाहाल, जुनियर बी तर्फ पुर्णिमा थापा, सिनियर मिस आइडलमा श्रृष्टि बम्जन र मिस्टर आइडलमा अनमोल उप्रेती विजेता बनेका थिए ।

त्यस्तै, दोस्रो सिजनमा जुनियरमा कृषा हुमागाई, सिनियर मिस आइडलमा स्वीकृति पुन र मिस्टर आइडलमा प्रभाव राई उपाधि जितेका थिए।

पत्रकार सम्मेलनमा स्पार्कल इन्टरटेन्मेन्टकी सीईओ नितु श्रेष्ठले सबै अभिभावकलाई आफ्नो सन्तानको  व्यक्तित्व विकासका लागि समयमै नाम दर्ता गराउन आग्रह गरिन् । पत्रकार सम्मेलनमा सहभागी भई वरिष्ठ कोरियोग्राफर रोजिन शाक्य, सामाजिक अभियान्ता पुण्य गौतम र मिना ढकाल लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए।

सिजन-३ ले आगामी पुस्ताको प्रतिभा उजागर गर्ने नयाँ अवसर दिनुका साथै प्रतिभाशाली बालबालिकालाई आफ्नो कला प्रदर्शन गर्ने उत्साहजनक रचनात्मक मञ्च प्रदान गर्ने आयोजकको अपेक्षा छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ