- असार ०७, २०८०
काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको गाईघाट क्षेत्रमा शनिबार बिहान सातवटा सवारीसाधन आपसमा ठोकिएका छन्।
प्रहरीका अनुसार बिहान करिब ७ बजे एकैपटक सातवटा गाडी एकअर्कासँग ठाेक्किएका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार एक ट्रकले अचानक ब्रेक लगाउँदा पछाडिबाट आइरहेका अन्य सवारीसाधन एकपछि अर्को ठोकिँदा शृंखलाबद्ध दुर्घटना भएको हो।
ठोकिएका सवारीसाधनमा ट्रक, बस, माइक्रोबस र केही निजी कार छन्।
दुर्घटनालगत्तै मुग्लिनस्थित इलाका प्रहरी कार्यालयको टोली पुगेर उद्धार सुरु गरेको प्रहरीले जनाएको छ।
घाइतेहरूको उद्धार जारी छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
टिप्पणीहरू: