- भदौ ११, २०८१
सामोयालाई पराजित गर्दै नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट भएकाे छ ।
दुई खेल अगावै विश्वकपका लागि छनोट भइसकेको नेपालले शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा सामोयामाथि १ सय २४ रनको फराकिलो जित निकाल्दै छनोटको उपाधि उचालेको हो।
योसँगै नेपालले अपराजित रहेर विश्वकपमा स्थान बनाएको हो। नेपालले दिएको २ सय २१ रनको विशाल लक्ष्य पछ्याएको सामोयाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८७ रन मात्र बनाउन सक्यो।
टिप्पणीहरू: