शनिबार, १० साउन २०८२

संसद्मा आज पनि रास्वपा सांसदहरूकाे नाराबाजी, बैठक स्थगित


काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूले नाराबाजी गरेको छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीमा प्रवेश गरेको जानकारी गराएसँगै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाए। सभामुखले रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिएका थिए।

त्यसपछि सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए। लगत्तै रास्वपाका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका हुन्।

कांग्रेसका प्रमुख सचेतक घिमिरेले बोलेपछि सभामुखले आजै आधा घण्टा पछि बस्नेगरी बैठक स्थगित गरेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउन माग गर्दै रास्वपाले जेठ १३ गतेबाट संसद् अवरोध गर्दै आएकाे छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ