आइतबार, ३१ जेठ २०८३

उम्मेदवार टुङ्गो लगाउन रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, बालेन पनि सहभागी हुने


फाइल तस्बिर

काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी अन्तिम रुप दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ।

पार्टीका प्रवक्ता मनिष झाले बैठकमा वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह सहभागी हुने बताए।

रास्वपाको केन्द्रीय कार्यालय चमतिमा बस्ने सो बैठकमा पार्टी सभापति रवि लामिछानेसहित वरिष्ठ नेताहरूको सहभागिता रहने प्रवक्ता झाले जानकारी दिए।

पार्टी सभापति लामिछाने, नेता शाहलगायत अन्य नेताहरु आजै साँझ जनकपुरका लागि प्रस्थान गर्ने कार्यक्रम छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ