- असार ०६, २०८०
तस्विर : एआई
काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग आफ्नाे कुनै सम्बन्ध नभएकाे बताएका छन् ।
इनम प्रकरणमा आफ्ना धारणा सार्वजनिक गर्दै शर्माले उनीसँग कुनै सम्पर्क र चिनजान नरहेको दाबी गरेका छन् ।
‘जुन प्रसंग जोडि मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरू एवं प्रसंगमा मेरो कुनै संलग्नता छैन । ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रुपमा चिनजान, सम्पर्क समेत छैन’ प्रधानन्यायाधीश शर्माले जारी गरेको विज्ञप्तिमा छ,’मैले कहिँकतै भेटेको पनि छैन ।’
केही मिडियामा इनम र न्यायधिसकाे सम्बन्धहरु बारे समाचार प्रकाशित गरेका छन् ।
टिप्पणीहरू: