शुक्रबार, ०६ चैत २०८२

रास्वपा : ९८ उम्मेदवार विजयी, २७ अग्रस्थानमा


काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ९८ क्षेत्रमा विजयी भएकोे छ । आज बिहान ७ः५५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २७ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म १२५ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने तीन स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले)ले सात स्थानमा विजयी हुँदा तीन स्थानमा अगाडि रहेको छ ।
 
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म चार उम्मेदवार विजयी भएका छन् भने तीन स्थानमा अग्रता लिएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् । श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा छन् ।

समानुपातिकतर्फ

प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म २३ लाख ५६ हजार २१० मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार रास्वपाले ११ लाख ९५ हजार ५९०, नेपाली कांग्रेसले चार लाख ६४०, नेकपा (एमाले) तीन लाख २० हजार ६८५ र नेपाली कम्युनिष्ट पार्टीले एक लाख ५२ हजार ९५३ मत प्राप्त गरेका छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ