- असार ०७, २०८०
सप्तरी । डाकाको एक समूहले सुरुङगा नगरपालिका– ८ को एक घरमा लुटपाट गर्नुका साथै एक जनाको हत्या गरेको छ ।
बिहीबार राति डाकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुट्नुकाे साथै उनकाे हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले राससलाई जानकारी दिए । डाकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् ।
चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाकाहरूको खोजी भइरहेको बताएको छ ।
।
टिप्पणीहरू: