आइतबार, २५ जेठ २०८२

सप्तकाेशीमा बेपत्तामध्ये एक गाेताखाेरकाे शव भेटियाे


इटहरी (सुनसरी) । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ । 

उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले राससलाई जानकारी दिनुभयो । हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ