आइतबार, २९ भदौ २०८२

रेशम चौधरीले छोडे नागरिक उन्मुक्ति पार्टी


काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन्।

‘आजसम्म मलाई नेता मानिदिनु भएकाेमा धेरै धेरै धन्यवाद। आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्न चाहन्छु’, चौधरीले भनेका छन्।

उनले आफू पार्टीभित्रको आन्तरिक कलहले आजित भएकाे बताएका छन्।

‘मलाई अब झगडा गर्नु छैन। कहिले २१ जनाको रोइलो, कहिले १६ जनाको रोइलो, कहिले संस्थापक केन्द्रीय सदस्यकाे राेइलाे, म यो राेइलाेबाट मुक्त हुन चाहन्छु,’ चौधरीले भने।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ