बुधबार, १२ कात्तिक २०८२

ट्रङ्कलाइन विवादबारे मुख्यमन्त्रीले भने- वार्ता र संवादबाट समस्या समाधान खोजाैँ


फाइल तस्बिर

अर्घाखाँची। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन्।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका र स्थानीय अर्थतन्त्रमा नकारात्मक असर परेका भन्दै उनले उक्त समस्या समाधानका लागि सरोकार भएकाबीच वार्ता र संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री आचार्यले आज जारी गरेको प्रेस विज्ञप्तिमा सङ्घीय सरकारले अभिभावकको भूमिकामा रही नेपाल विद्युत् प्राधिकरण र उद्योग सञ्चालकहरूबीच संवाद र सहकार्य गरी समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

उनले उद्योग व्यवसायमा विश्वास पुनःस्थापना गर्न, श्रमिकको हकहित जोगाउन र आर्थिक सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिए।

विज्ञप्तिमा लुम्बिनी प्रदेश सरकार उद्योग व्यवसायको प्रवर्द्धन, श्रमिक हित संरक्षण र प्रदेशको समग्र आर्थिक विकासका लागि निरन्तर प्रतिबद्ध रहेको जनाइएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ