आइतबार, १७ जेठ २०८३

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश


गण्डकी, २५ पुस । कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।  

न्यायाधीश नितिज राईको इजलासले उनलाई रू ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। सोही मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीलाई रू ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको उनले बताए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ