बिहिबार, २० कात्तिक २०८२

एमालेमा फर्किन लागेका रामकुमारी झाँक्री र किसान श्रेष्ठले भेटे केपी ओली (भिडिओ)


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)पार्टी त्यागेका नेताहरू रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।

बिहीबार दिउँसाे गुन्डु पुगेर उनीहरूले अध्यक्ष ओलीसँग भेट गरेकाे एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिए। 

उनका अनुसार यही कात्तिक २४ गते झाँक्री र श्रेष्ठसहितका नेताहरू एमालेमा फर्किने तयारी रहेकाे छ।

यसका लागि २४ गते दिउँसो १ बजे राष्ट्रियसभा गृहमा ‘घर फर्कने अभियान’ कार्यक्रम आयोजना गरिएको महेशले बताए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ