- असार ०६, २०८०
काठमाडौं । यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो । बढेको भाडा बुधबारदेखि नै लागु हुने भएकाे छ ।
अन्तरप्रदेश यात्रुबहाक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ ।
यसअघि चैत २५ गते पनि भाडा वृद्धि गरिएको थियो ।
टिप्पणीहरू: