बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



३६.६ मेघावाट क्षमताको रान्मा खोला जलबिद्युत आयोजनाको सार्वजनिक सुनवाई सम्पन्न
शुक्रबार, २२ जेठ २०८३

३६.६ मेघावाट क्षमताको रान्मा खोला जलबिद्युत आयोजनाको सार्वजनिक सुनवाई सम्पन्न


काठमाडौं । श्री ढोरपाटन रान्मा हाइड्रोपावर प्रालिद्धारा प्रस्तावित ३६.६ मेघावाट क्षमताको रान्मा खोला जलविद्युत आयोजनाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।

गत शनिवार रुकुमपूर्वको पुथ उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ को कार्यालयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । वडा नं २ का अध्यक्ष जगत घर्तिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम वडा नं ३ का वडाअध्यक्ष बमबहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

जिल्ला समन्वय समिती सदस्य बलक्रम बुढाको आतिथ्यमा आयोजनाका प्रतिनिधि अजय कुमार सापकोटाको समेत उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । आयोजना क्षेत्र वडा नं १,२,३,५ का स्थानीयय जनता, जनप्रतिनिधि, शिक्षक, बन समितिका अध्यक्ष, लगायतका करीव एकसय बढीको जनाको उपस्थितिमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भयो । 

कार्यक्रममा आयोजनाका परामर्शदाता श्री इन्भारोमेन्टल पार्टनस् प्रालिका तर्फबाट प्रमुख शंकर बस्यालले आयोजनाको बारेमा जानकारी गराउदै वातावरणमा पर्नसक्ने प्रभाव र निराकरणका उपायहरुका बारेमा जानकारी गराए । स्थानीय जनताबाट उठेका गुनासा एवं सुझावका बारेमा प्रष्ट पारे । कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष घर्ती, जनप्रतिनिधीहरु, शिक्षक लगायत बिभिन्न सरोकारवालाहरुले आआफ्नो धारण राखेका थिए । आयोजना छिटो बनाउन  पर्नेमा स्थानीयले जोड दिएका थिए । 

स्थानिय जनता तथा जन–प्रतिनिधि एवं  बुद्धिजीवीले आयोजनाले छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने भन्दै स्थानिय सरकार, गाउँपालिका, वडा कार्यालय र स्थानियवासीको समन्वयमा कार्य अगाडि बढाउन सुझाव दिए । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम पारदर्शिता र स्थानीयवासीको हितमा खर्च गर्नु पर्ने, स्थानीयलाई कुनै एक बिशेष शिपमूलक तालिम दिई स्वरोजगार बनाउनुपर्ने स्थानीयको माग थियो ।

साथै स्थानीयको शिक्षा, स्वास्थ्य तथा रोजगारी र सडक मार्गमा विशेष ध्यानदिनु पर्ने जस्ता विषयहरुमा स्थानीयले आवाज उठाएका थिए । 

रन्मा खोलामा बन्न लागेको सो आयोजना ३६.६ मेघावाट हुने तथा सो आयोजनाले सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्वको कार्यक्रम र वातावरणिय प्रभाव न्यूनिकरणमा कार्यक्रममा खर्च हुने जानकारी गराएका थिए । साथै आयोजना क्षेत्रका जनतालाई जानकारी गराउने उद्धेश्यले अवस्थिति, निमार्णस्थल, सकारात्मक तथा नकारात्मक प्रभावहरु र सोको न्यूनिकरणका उपायहरुको जानकारी रहेको मस्यौदा वातावरणिय प्रतिवेदनको सम्क्षिप्त जानकारी बिवरण पनि परामर्शदाताको तर्फबाट सो अवसरमा वितरण गरिएको थियो ।


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ