शुक्रबार, २६ मंसिर २०८२

चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, को-को बन्दैछन् मन्त्री?


काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्।

आज ४ जना मन्त्री थप्ने तयारी भएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भूमि व्यवस्था, वन तथा वातावरण र  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयमा मन्त्री नियुक्ति गर्न लागिएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्री नियुक्तिका लागि कुमार इङ्नाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठकाे नाम  राष्ट्रपति कार्यालय शीतल निवास पठाइएकाे छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ