मङ्गलबार, ०१ वैशाख २०८३

प्रधानमन्त्री बालेन शाहकाे पहिलाे विदेश भ्रमण भारतबाट हुने


काठमाडौं । प्रधानमन्त्री बालेन शाहकाे पहिलाे विदेश भ्रमण भारतबाट हुने भएकाे छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारतबाट भ्रमणको निम्तो आएको जानकारी दिएपछि पहिलाे विदेश भ्रमण भारतबाटै हुने भएकाे हाे ।

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रा प्रधानमन्त्री बालेन शाहलाई बधाइ चिठी पठाउँदा नै भ्रमणको निम्ति सहित आएको छ,’  नवौं हिन्द महासागर सम्मेलनमा सहभागी भएर फर्केका मन्त्री खनालले सोमबार विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने । भ्रमणको तिथि मिति भने तय भइनसकेको उनले जानकारी दिए ।


उच्चस्तरीय राजनीतिक भ्रमणका विषयमा आफ्ना भारतीय समकक्षी एस जयशंकरसँगको साइडलाइन भेटमा समेत छलफल भएको मन्त्री खनालले जानकारी दिए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ