शनिबार, ३० जेठ २०८३

कांग्रेस छोडेर जान्छु भन्नेलाई नफकाउन सभापति थापाकाे आग्रह


काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी छोडेर जान्छु भन्नेलाई फकाउन नलाग्न आग्रह गरेका छन्।

 गोरखाको तीनधारेस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले अहिलेको बेला पार्टी अलिकति कमजोर भएको छ भनेर कतिपय मानिस माैका खाेज्दै हिँडेकाे धारणा राखे । 'काेही माैका पाइन्छ कि भनेर दौडन्छ भने दौडन दिनुस्। धेरै फकाउनेतिर पनि नलाग्नुस्। पार्टीका साथीहरू छोडेर जान्छौं, वडाध्यक्ष, पालिका अध्यक्ष पाउँछौं, अब सकियो भन्ने हो भने उनीहरूलाई जान दिनुस्, धेरै चिन्ता नगर्नुस्।’ उनले भने ।

उनले कांग्रेसभित्रको फोहोर सफा बनाउनुपर्ने पनि बताए।

 गठबन्धनका कारण पार्टी ध्वस्त भएकाे भन्दै उनले अहिले पार्टी सुध्रिएकाे धारणा राखे । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ