आइतबार, ०२ कात्तिक २०८२

कन्काई पुलसहित १७ रुग्ण ठेक्का ताेड्ने तयारी


काठमाडाैं ।  ठेक्का सम्झौता गरेर काम नगरी वर्षोंदेखि अलपत्र पार्ने रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ।

सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका हुन्।  

सडक डिभिजन कार्यालय विराटनगर, चन्द्रनिगाहपुर तथा निर्देशनालयले पाँच/पाँच र नुवाकोटले २ वटा गरी १७ वटा ठेक्का किन नतोड्ने भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गरेका छन्। ठेक्का तोड्न प्रक्रिया अघि बढाइएका अधिकांश पुल निर्माणका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए। सडकअन्तर्गत २५८ ठेक्का रुग्ण छन्।

ठेक्का सम्झौता टोड्न लागिएकामध्ये सबैभन्दा ठूलो झापाको कन्काई पुलको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुलको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढेको छ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ