- असार ०६, २०८०
काठमाडौं । ‘जुन पार्टीको नीति र नेतृत्व दुवै मन पर्दैन, त्यहाँ जबरजस्त बसिरहन कसैलाई बाध्यता हुँदैन/छैन ।
राजनीतिमा सबैभन्दा खतरनाक मान्छे ती हुन्, जसको जिउ एउटा पार्टीमा र टाउको अर्को पार्टीमा हुन्छ ।
आलोचनात्मक चेतको नाममा पार्टी फोरमबाहिर आफू रहेकै पार्टीको उछित्तो नकाढौं । पार्टीको नीति र नेतृत्वप्रति इमान्दार बनौं ।’
हिजोेदेखि सामाजिक सञ्जालमा छाएको सन्देश हो यो । नेकपा एमालेका ओली निकट धेरै कार्यकर्ताले फेशबुक मार्फत यो सन्देश प्रवाह गरेका छन् ।
ललितपुरमा जारी केन्द्रीय समिति बैठकमा केही व्यक्तिले नेतृत्वमा विकल्प दिनु पर्ने कुरा उठ्ने वित्तिकै सामाजिक सञ्जालमा यो सन्देश प्रवाह हुन थालेको हो । जबकी बहुमत केन्द्रीय सदस्य अझै पनि ओलीकै नेतृत्व हुनु पर्ने भनिरहेका छन् ।
मंसिरको अन्तिम साता महाधिवेशन गर्ने प्रस्ताव गरेका ओली थोरैले नेतृत्वमा विकल्प दिनु पर्ने कुरा उठाउदा पनि पुरै रक्षात्मक बनेका छन् ।
दुई तिहाइको बलमा नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका ओली भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको क्रममा ज्यान जोगाउनका लागि नेपाली सेनाको हेकिोप्टर चढेर बालुवाटारबाट भागेका थिए ।
संख्या थोरै नै किन नहोस् नेतृत्वका विकल्पमा केन्द्रीय सदस्यहरुले अभिव्यक्ति दिन थालेपछि अन्तिम अस्त्रका रुपमा आफ्ना गुटका कार्यकर्तालाई ‘पार्टी मन पर्दैन भने छाडेर जाउ...’आशयको स्टाटस लेख्न लगाएका छन् । जवकी ओली आफैंले विहीबारको बैठकमा एमाले छाडेर समाजवादीमा गएकाहरुलाई पुरानै घर फर्किन अपिल गरेका छन् ।
‘आफुले नेतृत्व गरेपछि पार्टी लथालिङ्ग भएकोमा अध्यक्ष ज्युले ढिलै भएपनि महसुस् गर्न थाल्नु भएको छ ।’ वैठकमा सहभागी एक केन्द्रिय सदस्यले भने ।
टिप्पणीहरू: