- असार ०६, २०८०
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग चुनावी तालमेलको प्रस्तावका विषयमा कुनै छलफल नभएकाे जनाएको छ।
बिहीबार काठमाडौँबाट प्रकाशित हुने केही सञ्चार माध्यमलले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भनेर प्रकाशित समाचार सत्य नभएकाे प्रचण्डको सचिवालयले जनाएको छ।
‘केही सञ्चार माध्यमले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने झुटा समाचार प्रकाशित गरेकोमा ध्यानाकर्षण भएको छ,’ प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भने ।
चुनावी सहकार्यका विषयमा रास्वपासँग पार्टीका तर्फबाट संयोजक वा अन्य कुनै पनि नेताले कुराकानी नगरेको सचिवालयले जनाएकाे छ ।
टिप्पणीहरू: