शनिबार, २७ मंसिर २०८२

एमाले महाधिवेशन उदघाटन समारोह स्थलको सुरक्षाकाका लागि तालिमप्राप्त कुकुरसहित प्रहरीकाे गस्ती


काठमाडौं । आजदेखि सुरु हुने नेकपा एमालेकाे एघारौं महाधिवेशन उदघाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन भएकाे छ ।

प्रहरीले उदघाटन समारोहको मञ्च तथा समारोह स्थल वरपर कुकुर डुलाइरहेका छन् ।

भक्तपुर सल्लाघारीको सार्वजनिक जग्गामा महाधिवेशन उदघाटन समारोह हुँदैछ । उदघाटन समारोह आज मध्याह्न १२ बजेदेखि सुरु हुने एमालेले जनाएको छ ।

उदघाटन समारोह स्थल वरपर कार्यकर्ताकाे आवत जावत सुरु भएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ