- असार ०७, २०८०
फाइल तस्बिर
काठमाडौँ। प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ।
निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरू भएको बैठक विपक्षी दलहरुको विरोधका कारण आधा घण्टाका स्थगित भएको हाे।
बैठकमा सुरु हुनासाथ विपक्षी दलका सांसदहरुले आसनबाट उठेर विरोध जनाए। सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न अनुमति दिने जानकारी दिँदै आसनबाट बसेर सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरेपनि विपक्षी दलहरुले अस्वीकार गर्दै विरोध जनाए। त्यसपछि सभामुख घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका हुन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी)लगायतले प्रतिनिधिसभा बैठक चल्न दिएका छैनन्।
यही जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफलपछि प्रतिपक्षी दलको विरोध कारण चल्न सकेको छैन।
टिप्पणीहरू: