बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश उच्चबाट सदर
शुक्रबार, २२ जेठ २०८३

रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश उच्चबाट सदर


काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत काठमाडौँको आदेश उच्च अदालत पाटनले सदर गरेको छ।

उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र दिपककुमार खरेलको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो। 

सोही मुद्दाका प्रतिवादीहरु छविलाल जोशी, सुनिता नेवा, कमल थापालाई धरौटीमा रिहा गर्ने आदेश पनि उच्चले सदर गरेको छ। 

धरौटी माग गर्ने जिल्ला अदालतको आदेश वेरितको नदेखिएको भन्दै परिवर्तन गरिरहनु नपर्ने उच्चको आदेशमा भनिएको छ। 


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ